पर्यटकीय गनतव्य स्थलको रुपमा लोकप्रिय बन्दै माछापुच्छ्रे इको रिर्सोट

पाेखरा | पुस २०, २०७९

पर्यटकीय गनतव्य स्थलको रुपमा लोकप्रिय बन्दै माछापुच्छ्रे इको रिर्सोट

पोखरा:  पोखरा महानगरपालिका वडा नं.१९ पुरानचौर स्थीत नेपालको पहिलो स्लोप कन्सेप्ट मा बनेको माछापुच्छ्रे इको रिर्सोट (मेको रिर्सोट) पछिल्लो समय पर्यटकीय गनतव्य स्थलको रुपमा झनै लोकप्रिय बन्दै गइरहेको छ ।


करिब साढे तीन करोड लागतमा बनेको यस रिर्सोटमा सुजन बास्तोला,सन्तोष पौडेल र विशाल तिवारीको संयुक्त लगानी रहेको छ । कोरोना महामारीको समयमा सञ्चालनमा आएको यस रिर्सोटमा १६ जना कर्मचारीहरुले रोजगार पाइरहेका छन् ।

 


कोरोना महामारीको कहरले आन्तरीक तथा वाहय पर्यटकलाई नकारात्मक प्रभाव परेको बेलामा पर्यटकलाई आर्कषित गर्नका लागी कोरोना महामारीको समयमा रिर्सोट सुरु गरेको माछापुच्छ्रे इको रिर्सोटका सञ्चालक सुजन बास्तोलाले जानकारी दिएका छन् । यस रिर्सोटमा घुम्न आउने पयटकलाई शुद्ध अर्घानिक खाना तथा प्राकृतिक वातावरणमा आफ्नो समय बिताई मनोरम दृश्यको आनन्द दिने उद्धेश्य रहेको बास्तोलाले जानकारी दिए ।

 

रिर्सोटमा घुम्न आउने व्यक्तिहरुले विशेष गरी यहाँको वनावट क्षेत्रलाई मनपराएको बताए । कतिपय पछिल्लो समय सञ्चालनमा आएका रिर्सोटहरुले प्राकृतिक वनावटलाई मोडिफाइड गरी रिर्सोट सञ्चालन गरेका छन् तर यस माछापुच्छ्रे इको रिर्सोटमा कुनै पनि प्राकृतिक वनावटलाई परिवर्त नगरी डाँडालाई कुनै पनि मोडिफाइड नगरी यहाँको भिर तथा रिर्सोट वरिपरिको डाँडाको आकारमा रिर्सोट सञ्चालन गरेका छौँ बास्तोलाले भने ।


पछिल्लो समय धेरै रिर्सोट बनेका छन् जुन डाँडामा तथा अनेक आकर्षित तरिकाले रिर्सोट खोलिएका छन् जुन राम्रो पनि हो यसले पर्यटक लाई थप उत्साहित बनाएको छ । माछापुच्छ्रे इको रिर्सोट घुम्न आउने पर्यटकले साहशी खेल जीप साइकलीङ तथा खन्य थुप्रै प्रकारले मनोरञ्जन का माध्यम एकै ठाँउमा रहेको बास्तोलाले बताए ।रिर्सोटमा घुम्न आउने पर्यटकलाई लक्षित गर्दै विभिन्न आकर्षित घुम्ने तथा मनोरञ्नात्मक ठाँउहरु बनाइएको छ ।

 

पिङ , गार्डेन तथा अन्य थुप्रै ठाँहरुका् निर्माण गरिएको छ । यस रिर्सोटलाई पर्यटकीय गनतव्य स्थल रुपमा चिनिएको छ । यहाँबाट पोखराको मनोरम दृश्य देखिनुका साथै पोखराको ३६० डिग्रीको दृश्य हेर्न सकिन्छ । यस रिर्सोटमा अग्लो पहाडी स्विङ,रुखको घर,हावामा काठको पुल,हावाँमा साइकलिङ ,माछापुच्छ्रे हिमालको मनोरम दृश्य जस्ता थुपै्र आकषित खेल तथा ठाँउहरुको निर्माण गरिएको छ ।

 

 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्